चितवन हस्पिटलले तनहुँको कोटामा गरेको निःशुल्क स्वास्थ्य शिविर

चितवन, फागुन १८ चितवन हस्पिटल प्रालि र काठमाडौंस्थित ह्याम्स हस्पिटलले तनहुँको देवघाट गाउँपालिका–१ स्थित कोटामा निःशुल्क स्वास्थ्य शिविर गरेका छन्। वडा कार्यालयसँगको सहकार्यमा गरिएको पार्वती माविमा गरिएको स्वास्थ्य शिविरमा ४ सय ४५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। शिविरमा दुई सय जनाको मधुमेह परीक्षण गरिएको चितवन हस्पिटलका सञ्चालक समिति सदस्य तथा पेट, छाती, मुटु तथा मधुमेह रोग विशेषज्ञ प्राध्यापक डा.विजयप्रसाद पौडेलले…